काठमाण्डु – काभा महिला लिग भलिबल प्रतियोगितामा नेपाल फाइनलमा पुगेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इरानलाई ३–० सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब उपाधिका लागि नेपालले बुधबार फाइनलमा भारतसँग खेल्नेछ । भारतले मंगलबारै भएको सेमिफाइनलमा श्रीलंकालाई ३–० सेटमा हराएको थियो ।