महिला भलिबलमा भारतलाई हराउँदै नेपालको ऐतिहासिक जीत

काठमाण्डु – राजधानी काठमाण्डुमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितामा नेपालले पहिलोपटक भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जीत दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलोपटक भारतलाई हराएको छ । जारी प्रतियोगितामा नेपालको यो…