खेलकूदको विकासका लागि १५ वर्षे महत्वाकांक्षी गुरुयोजना तयार

काठमाडौँ- युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ । नेपालको तेह्रौँ योजना ९२०७०/७१ देखि २०७३/७४० मा घोषित ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नाराको मूल मर्म र भावनाबमोजिम रणनीतिक ढंगबाट खेलकूदको विकास गर्ने दीर्घकालीन सोच, दृष्टिकोण र प्रणालीगत…