सीसीएमसीको बैठक बालुवाटारमा सुरु, महत्वपूर्ण निर्णय हुनसक्ने


काठमाण्डु – कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)को बैठक बालुवाटारमा सुरु भएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको अवस्थामा केही निर्णय गर्न बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली पनि सहभागी छन् । बैठकले लकडाउनबारे थप निर्णय गर्नसक्ने सम्भावना छ ।

कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउन बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement