१२ जिल्लाका सिडिओ फेरिए, को कहाँ ? (सूचीसहित)


काठमाण्डु – गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै गृह मन्त्रालयले १२ सिडिओसहित सहसचिव र उपसचिव गरी १६ जनाको काज सरुवा गरेको हो ।

ललितपुरमा घनश्याम उपाध्याय, भक्तपुरमा रुद्रादेवी शर्मा, गुल्मीमा पुण्य विक्रम पौडेल र गोरखामा शंकरहरि आचार्यलाई सरुवा गरिएको छ ।

त्यस्तै, मोरङमा काशिराज दाहाल, रामेछापमा दीपककुमार पहाडी, संखुवासभामा नुरहरि खतिवडा, दोलखामा टेकराज निरौला, चितवनमा आस्मान तामाङ, धादिङमा कृष्णप्रसाद लम्साल, उदयपुरमा वीरेन्द्रकुमार यादव र रुपन्देहीमा ऋषिराम तिवारीलाई काज सरुवा गरिएको छ ।

सरुवा भएका सिडिओहरु:

प्रतिक्रिया दिनुहोस
Advertisement