सेलपेले ल्यायो एनीभर्सरी अफर


काठमाण्डु – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर लिएर आएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले सेलपेबाट फोनपेका जुनसकैु क्तानी गर्दा १० प्रतिशत (१००) र बम्पर उपहारमा ७ जना लक्की विजेताले सामसङ ग्यालेक्सी एफ२२ जित्ने मौका पाउनेछन् । यो योजना यही श्रावन १० गतेदेखि श्रावन १६ गतेसम्म लागु हुनेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।

 -बास्तविक समयमा भुक्तानी
-सरल र सुरक्षित
-क खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बिटुपी, बिटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ ।

साथै ग्राहकहरुले सेलपे कार्ट सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नेछन् । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । साथै ग्राहकहरुले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्दैन । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement