पूर्वमाओवादी केन्द्रबाट छानिए ८८ जना केन्द्रीय सदस्य, ११२ जना छान्ने काम जारी (नामसहित)


काठमाडौं–  नेपाल कम्युनिस्ट पार्टीले तीन महिनाभित्र केन्द्रीय कमिटीमातहतका सबै तल्ला कमिटी, केन्द्रीय विभाग र केन्द्रीय आयोगहरू एकीकरण गर्ने गरी विधि, प्रक्रिया र मापदण्ड तयार गर्दै छ । तत्कालीन माओवादी पार्टी अहिले अान्तरीक गृहकार्यमा जुटिरहेकाे छ ।

पार्टी एकताभएपछि उसकाे भागमा परेकाे २०० केन्द्रीय सदस्य छान्नका लागी जुटिरहेकाे छ । जसमध्ये ८८ जना तय भएका छन् । माओवादी केन्द्र हुँदा सचिवालयमा रहेका ८८ जना स्वत केन्द्रीय सदस्य भएका छन् ।  त्यसबाहेक अन्य ११२ जना छान्ने काम जारी छ ।

तत्कालीन माओवादी केन्द्रले आज ११२ जनाको नाम टुंगाउने तयारी गरेको छ । तत्कालीन माओवादीले एकीकृत पार्टीको स्थायी र केन्द्रीय समिति सदस्य आज टुंगाउँदै एमालले भने केन्द्रीय सदस्यमा आउने नयाँ ४५ जनाको नाम टुंगाईसकेको छ ।

नेकपामा स्थायी कमिटीका ४५ जनामा तत्कालीन एमालेबाट २६ र माओवादीबाट १९ जना रहनेछन् । तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने अन्तिम तयारी छ । एमालेले ४५ र माओवादीले ११२ जनाको नाम टुंग्याइसकेपछि दुवै अध्यक्ष बसेर अन्तिम रूप दिने तयारी छ । दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो ।

८४ जना स्वत केन्द्रीय सदस्य

प्रतिक्रिया दिनुहोस
Advertisement