कुर्चीमा लामो समयसम्म बसेर काम गर्नेहरुमा स्वास्थ्य समस्या बढी


एजेन्सी – एक अध्ययनले कार्यालयसमा लामो समयसम्म लगातार कुर्चीमा बसेर काम गर्नेहरुमा स्वास्थ्य समस्या आउने बताइएको छ ।

उभिने कार्यलाई सघाउने गरी कार्यलयको बनावट मिलाउनुपर्ने अध्ययनले सुझाव दिएको छ । अध्ययन अनुसार कार्यालयको कुल समयभर करीब ७० देखी ८० प्रतिशत मानिसहरु बसी बसी काम गर्ने वा बसेर वित्ने देखिएको छ ।

यसले गर्दा कर्मचारीहरु छिटै शारीरिक तथा मानसिक रोगी हुने गरेको पाइएको छ । अध्ययनले बसेर काम गर्नेलाई ३० ४० मिनेटको अन्तरमा शरीर तत्काउने गर्नु भन्दै सुझाव दिएको छ । कर्मचारीलाई बसेर उभिएर काम गर्ने वातावरण बनाउन सके त्यसले उत्पादकत्वमा निकै बृद्धि हुने सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement