डन चक्रे मिलन प्रहरीको नियन्त्रणमा,काठमाडौंमा गुण्डागर्दी अन्त्य गर्ने एसएसपी धानुकको घोषणा


काठमाडौं– डन चक्रे मिलनलाई प्रहरी प्रक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रविन्द्र धानुकले जिम्मेवारी सम्हालेसंगै उनि प्रक्राउ परेका हुन । स्थानिय बासिन्दाको उजुरीको आधारमा उनलाई गिरफ्तार गरीएको प्रहरीले जनाएको छ ।

डन चक्रेलाई शुक्रवार काठमाडौं प्रहरीले ठमेलबाट प्रक्राउ गरेको हो । स्थानिय बासिन्दालाई दुख दिएको र गुण्डागर्दी गरेको आरोपमा मिलनलाई प्रक्राउ गरिएको एसएसपी धानुकले काठमाडौंपाटीलाई बताए । “गुण्डागर्दी गरेर सर्वसाधारण र ब्यवसायीलाई दुख दिने जो कोहीलाई पनि प्रहरीले बाकि राख्दैन, काठमाडौंलाई सुरक्षीत शहर बनाउने मेरो अभियान सुरु भएको छ  ।” धानुकले काठमाडौंपाटीसंग भने ।

 

केही समयअद्धि अकुत सम्पतनी आर्जन गरेको भन्दै सिआईबीले प्रक्राउ गरेका डन दिपक मनाङगेले विषेश अदालतबाट सफाई पाएका थिए । डन चक्रे मिलनलाई यसअघि प्रहरीले प्रक्राउ गरेको थियो । उनलाई सार्वजनिक मुद्धा लगाइएको थियो । पछि उनि धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement