मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध रिट लिएर प्रेम चलाउने सर्वोच्चमा


काठमाण्डु- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालत गएका छन् । बुधबार उपप्राध्यापक चलाउने आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय बदर गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् ।

मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको उनको दाबी छ । चलाउनेमाथि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण भएको थियो ।

उक्त घटनामा नेपाल विद्यार्थी संघ त्रिवि इकाइ समितिका तत्कालिन सभापति हरि आचार्य, महासचिव योगेन्द्र रावललगायत विरुद्ध काठमाण्डु जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर भएको थियो । तर, मन्त्रिपरिषद बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्ध मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement