मच्छिन्द्र बन्यो ‘ए’ डिभिजन लिगको च्याम्पियन


काठमाडौँ – मच्छिन्द्र क्लब सहिद स्मारक ए डिभिजनले त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलको ३३ औं मिनेटमा उपहार पाएको गोलले नै मच्छिन्द्रलाई यो संस्करणको च्याम्पियन बनाएकाे हाे ।

आर्मीका विकास तामाङले गरेको गोलले च्याम्पियन बनेको मच्छिन्द्रले पहिलो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको हो । फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा विकासले आफ्नै पोष्टमा गोल गरे । उनले रञ्जित धिमालको फ्रिकिक क्लियर गर्न खोजेका थिए ।

मछिन्द्रले आर्मीका विकास तामाङको आत्मघाती गोलमा अग्रता बनाएको हो । खेलको ३४ औं मिनेटमा मछिन्द्रका रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक बचाउन खोज्दा विकासको हेड बल गोल हुन पुगेको थियो। उक्त गोल बचाउन खोज्दा आर्मीका गोलकिपर विकेश कुथु घाइते भएका छन् । उनी चोटग्रस्त भएपछि आर्मीले उनको स्थानमा विवस चौधरीलाई मैदान प्रवेश गराएको थियो ।

विकेशको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना उपचार भइरहेको छ। ३४ औं मिनेटमा आर्मीका विकास तामाङले रोक्न खोजेको बलले पोष्ट चुमेपछि मछिन्द्रले गोल उपहार पाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement