कांग्रेस फुट्न दिनु हुँदैन, पुरानो हो संकटमा काम लाग्न सक्छ : चन्द्र भण्डारी

कांग्रेस फुट्न दिनु हुँदैन, पुरानो हो संकटमा काम लाग्न सक्छ : चन्द्र भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसलाई फुट्न दिन नहुने बताएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै पुरानो हो, संकटमा काम लाग्न सक्छ भन्दै पार्टी फुट्न दिनु नहुने बताएका हुन् ।

उनले उनले वर्षायाममा घर भत्काउँदा सबै भिज्ने र असिना पर्दा ज्यानसमेत जान सक्ने उदाहरण दिँदै पार्टीभित्रका कमजोरी भए पनि त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने धारणा राखेका छन्।

उनले लेखेका छन् ‘साथी हो, पार्टी फुट्न दिनु हुँदैन है ! पुरानो हो, संकटमा काम लाग्न सक्छ । वर्षाको समयमा घर भत्काउँदा सबै भिज्नुपर्छ। असिना आयो भने ज्यान पनि जान सक्छ, कमजोरी छन्, हुन्छन्-त्यसैले त सुधार्नुपर्छ। घरका हरेक ढुङ्गा रगतले मुछिएको माटोले अडेको छ ! खाँवाहरू शहीदका हड्डी हुन् ! विगतमा सत्ताले भुलेको पक्कै हो । मर्यादालाई नबिर्सी, जय नेपाल !’