१० दिनदेखि बन्द चन्द्रगढी विमानस्थल खुल्यो


काठमाडौं – झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल १० दिनपछि सञ्चालनमा आएको छ । मर्मतका लागि बन्द गरिएको चन्द्रगढी विमानस्थल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको मर्मत तथा सुधारका लागि भन्दै कार्तिक २६ गतेदेखि सबै उडान तथा अवतरण बन्द गराएको थियो ।

१० दिन अर्थात मंसिर ५ गतेसम्म बन्द विमानस्थल आजबाट सञ्चालनमाआएको हो । विमानस्थमा नेपाल एयरलाइन्स, बुद्ध, यती र श्री एयरलाइन्सले नियमित उडान गर्दै आएका थिए ।

विमानस्थल बन्द हुँदा वायुसेवा कम्पनीहरूले आवश्यकमात्रामा विराटनगर विमानस्थलबाट थप उडान गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement