चान्सुसहितको चिनियाँ भ्रमण टोलीले गर्‍यो भक्तपुर दरबार स्क्वायरको अवलोकन 


काठमाण्डु – नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोलीले आज भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेको छ । 

चार दिने भ्रमणमा रहेको चिनियाँ नेता लीसहतिको टोलीले भ्रमणको तेस्रो दिन बुधबार भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेको हो ।  सो अवसरमा उनीहरूको स्वागतमा विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो । लीले दिउँसो साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । 

उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस
Advertisement