भाजपाका विदेश प्रमुखले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर दिए बधाई


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा)  का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर चौथाइवालेले आइतवार भेटवार्ता गरेका हुन ।

भेटमा कांग्रेस महामन्त्री डा. प्रकाशशरण महत समेत सहभागी थिए । भेटपछि ट्विट गर्दै महतले भनेका छन्, ‘मलाई विश्वास छ कि यो बैठक एक नयां सुरुवात हुनेछ।’

चौथाइवालेले समेत प्रधानमन्त्रीमा नियुक्त भएकोमा आफुले बधाई दिएको र दुई पार्टीबीचको समन्धलाई मजबूत बनाउन आफुहरु सहमत भएको बताएका छन् ।

देउवा प्रधानमन्त्री भएपछि भारतीय संस्थापन पक्षबाट भेट गर्न आउने उनी उच्च तहका नेता हुन् । उनलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement