चर्चित ३३ किलो सुन र भरिया सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त गोरे पक्राउ


काठमाडौं – चर्चित ३३ किलो सुन र भरिया सनम शाक्य हत्या काण्डका सतहमा देखिने मूख्य योजनाकार चुडामणि उप्रेती उर्फ गोरे पक्राउ परेका छन् । भारतको नयाँदिल्लीमा पक्राउ परेका गोरेलाई  काठमाडौं ल्याइएको प्रहरी स्रोतले बताएको छ ।

गत माघमा यूएईबाट आएको ३३ किलो सुन गायब भएपछि गोरेले आफ्ना पूर्व सहयोगी सनम शाक्यको फागुन १८ मा हत्या गरेको प्रहरीको आरोप छ । त्यसपछि गोरे फरार रहेका थिए । उनको रेडकर्नर नोटिस जारी गरेर खोजी भइरहेको थियो । यही प्रकरणमा ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । ३२ जनालाई पक्राउ गरिएको छ भने अन्य फरार सूचीमा छन् । यो प्रकरणमा नौ प्रहरी अधिकारी पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement