तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागढुंगाबाट पक्राउ


काठमाण्डु – दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित पक्राउ गरेको हो ।

उपाध्यायले स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले काठमाण्डुको नागढुंगाबाट नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement