प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनुवाइ हुँदै


काठमाण्डु – प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथी आज संसदीय सुनुवाइ हुँदैछ । संघीय संसद अन्तर्गतकाे संसदीय सुनुवाइ समितिमा आज श्रेष्ठविरुद्ध सुनवाई हुन लागेको हो ।

समितिका अनुसार पहिलो चरणमा उनी बिरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल हुनेछ भने त्यसपछि प्रधानन्यायधिसमा सिफारिस श्रेष्ठसँग समितिले सुनवाई सुरु गर्नेछ ।

जसअनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग बिहान साढे १० बजे छलफल सुरु हुनेछ भने त्यसपछि साढे ११ बजे श्रेष्ठलाई बोलाएर समितिले सुनवाई सुरु गर्नेछ । श्रेष्ठविरुद्ध इमेलबाट तीनवटा उजुरी परेका छन् ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement