प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको शपथ


काठमाण्डु –  सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । आजै न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अनुमोदन भएका कार्की आजै राष्ट्रपतिबाट नियुक्त भएका हुन् ।

प्रधानन्यायधीश कार्कीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत उपस्थित थिए । प्रधानन्यायाधीश कार्की आगामी साउन २० गते सेवाबाट निवृत्त हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement