रक्षा सचिव र कायममुकायम प्रधानसेनापतिबीच भेटवार्ता


काठमाण्डु- कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नव नियुक्त रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच भेटवार्ता भएको छ ।  बिहीवार जंङ्गी अड्डामा कायममुकायम प्रधानसेनापति शर्मा र रक्षामन्त्रालयको सचिव पदमा नवनियुक्त भएका रक्षा सचिव पौड्यालबीच शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटवार्ता पश्चात जङ्गी अड्डाका विभिन्न विभाग र महानिर्देशनालयहरुबाट रक्षा सचिव समक्ष काठमाण्डु तराईरमधेश द्रुतमार्गको प्रगति विवरण र नेपाली सेनाद्धारा सञ्चालित कल्याणकारी कार्यक्रम लगायत नेपाली सेना सम्बन्धि विविध पक्षहरुमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।  सो अवसरमा रक्षा मन्त्रालयका सह—सचिवहरु तथा नेपाली सेनाका रथीबृन्दहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement