संघीय सरकारविरुद्ध मधेस सरकार,मुख्यमन्त्रीको नेतृत्वमा धर्ना सुरु


काठमाण्डु – प्रहरी समायोजन नभएकाे भन्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरुले संघीय सरकारविरुद्ध धर्ना सुरु गरेका छन् ।

आइतबारदेखि प्रदेश प्रमुख कार्यालय प्राङ्गणमा मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा संचार मन्त्री भरत साह, राज्य मन्त्री रुबी कर्ण, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मालगायत धर्ना बसेका हुन् । संविधानले दिएको अधिकार संघीय सरकारले हस्तान्तरण नगरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

मधेश सरकारको अगुवाइमा गत २३ असारमा ७ वटा प्रदेशका गृहमन्त्रीको भेलाले प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनको आधारमा संघीय सरकारले साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो ।

त्यसपछि गत आइतबार मधेश प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा गएको प्रदेश सरकारको टोलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अघि नै प्रहरी प्रशासन प्रदेश मातहत दिन प्रदेश प्रमुख हरिशंकर मिश्रलाई अल्टिमेटमसहितकाे ज्ञापनपत्र बुझाएको थियाे ।

साे अल्टिमेटमलाइ समेत संघीय सरकारले बेवास्ता गरेपछि शनिबार प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको थियाे ।

प्रतिक्रिया दिनुहोस
Advertisement