प्रधानसेनापति शर्मा भारत प्रस्थान


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी चार दिने भ्रमणका लागि आज दिल्ली प्रस्थान गरेका हुन् ।

श्रीमती सुनिता शर्मासहित ९ सदस्यीय भ्रमण दलकासाथ शर्मा मानार्थ प्रधान सेनापतिको पदवी ग्रहण गर्न त्यसतर्फ लागेका हुन् । नेपाली सेनाको मध्य एयर बेश, गौचरमा शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।

भारत प्रस्थान गर्नुपूर्व प्रधानसेनापति शर्मालाई जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक विदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्रा र अन्य राष्ट्रका सैनिक सहचरीहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement