टोकियो ओलम्पिकमा सहभागी हुने सेनाका खेलाडीलाई प्रधानसेनापति थापाले दिए बधाई


काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले टोकियो ओलम्पिक २०२१ मा सहभागी हुने खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । जंगी अड्डामा आज आयोजित एक कार्यक्रममा प्रधानसेनापति थापाले ओलम्पिक खेल्न जाने सेनाका खेलाडीहरु सिपाही सरस्वती चौधरी र सिपाही कल्पना परियारलाई बधाई तथा शुभकामना दिएका हुन् ।

‘३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगिता’ जापानको टोकियोमा साउन ८ गतेदेखी २४ गतेसम्म आयोजना हुँदैछ । हालसम्म ओलम्पिक प्रतियोगितामा नेपाली सेनाका २४ जना खेलाडीले आफ्नो कौशल प्रदर्शन गरि सकेका छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले हरेक खेलाडीको सपनाको रुपमा रहेको ओलम्पिक जस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु खेलाडी आफैमा गौरवको विषय भएको बताए । साथै उनले यो क्षण नेपालको लागि ऐतिहासिक रहेको बताए ।

ओलम्पिक प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिपाही चौधरीले एकसय मिटर स्प्रिन्ट विधामा र सोही क्लबकी सिपाही परियारले १० मिटर एयर राइफल विधामा प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्द्धी खेलाडीहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुँदै हाल गृष्मकालिन ओलम्पिक प्रतियोगितामा छनौट हुन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement