काठमाडौँ – बालबालिका खोजतलास तथा समन्वय केन्द्रले सातजना बालबालिकाको उद्धार गरेको छ । ललितपुरस्थित भैंसेपाटीको श्री पुनर्स्थापना पवित्र चिल्ड्रेन होमबाट उनीहरुलाई उद्धार गरिएको हो ।
केन्द्रका प्रमुख प्रहरी निरीक्षक मोहनविक्रम दाहालले विभिन्न जिल्लाका सात बालबालिकालाई उद्धार गरिएको बताए। उनीहरुलाई हाल जडिबुटीको साझा सवालका लागि साझा मञ्च संस्थामा राखिएको उनले बताए।
बालगृह छोडेर हिँडेका बालबालिकालाई भैंसेपाटीस्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले बिहीबार साँझ समन्वय केन्द्रमा ल्याइएको थियो।
होमका सञ्चालक आकाश खाती र कमला खातीलाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटी ललितपुरले नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि प्रारम्भिक अनुसन्धान गरिरहको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया