७२ वर्षपछि चीनले ल्यायो सीमा सुरक्षासम्बन्धी नयाँ कानून


एजेन्सी – चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून अनुमोदन गरेको छ । भारतसँगको सिमा बिबाद बढिरहेको र अफगानिस्तानमा तालिवानले सत्ता सम्हालिरहेको पृष्ठभूमिमा चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून अनुमोदन गरेको हो । जनगणतन्त्र चीन स्थापना भएको ७२ वर्षपछि बेइजिङ पहिलो पटक सीमा सुरक्षासम्बन्धी नयाँ कानून ल्याएको हो ।

नयाँ कानून सन् २०२२ देखि लागू हुनेछ । चीनको करिब २२ हजार किलोमिटर लामो सिमाना १४ देशसँग जोडिएको छ । चीनसँग नेपाल, भारत, भुटान, अफगानिस्तान, पाकिस्तान, म्यानमार, उत्तर कोरिया, काजकस्तान, ताजिकिस्तान, किर्गिस्तान, रसिया, लाओस, मंगोलिया, र भियतनामसँग सीमा जोडिएको छ ।

१५ अगस्टमा काबुल कब्जा गरेपछि चीनले अफगान सरकारलाई नजिकबाट निहालिरहेको छ । अफगान शरणार्थीको सम्भावित प्रवाहलाई अनुमान गर्दै उसले पछिल्लो समयमा अफगानिस्तानसँगको सीमामा कडाई गरेको छ । चीनको सिन्जियाङ प्रान्तका मुस्लिम उहिगरसँग अफगानिस्तानका मुसलमानको सम्बन्धबारे पनि चीन चनाखो बनेको छ ।

हिमाञ्चल प्रदेशमा सन् २०२० को अप्रिलदेखि भारतीय सेना र चीनका सेनाबीच बारम्बार आमनेसामनेको हुने गरेको छ । ‘क्षेत्रीय सार्वभौमसत्ता र स्थल सीमा रक्षाका लागि देशले प्रभावकारी कदम चाल्नेछ’ नयाँ कानूनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement