साग सम्पन्न भएपछि चिनियाँ राजदूतको बधाई !


काठमाडौं – तेह्रौ दक्षिण एसियाली खेलकूद (साग) सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाललाई चीनले बधाई दिएको छ ।

चिनियाँ राजदूत हउ यान्छीले बुधवार सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै साग उल्लेखनीय बनेको टिप्पणी गरेकी हुन् ।

‘उल्लेखनीय दक्षिण एसियाली खेल ! नेपाल सरकार र यहाँका जनतालाई बधाइ छ,’ यान्छीले लेखेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरेका हुन् ।

चार स्वर्ण पदक विजेता गौरिका सिंहलाई ११ लाख प्रदान गरिने भएको छ । मंगलवार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्य पदक जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement