राष्ट्रपति सीको सन्देश बोकेर काठमाण्डु उत्रियो चिनियाँ उपमन्त्रीसहितको टोली


काठमाण्डु – चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउसहितको टोली काठमाण्डु अवतरण गरेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद चर्किरहेका बेला उपमन्त्रधी येझाउसहितको टोली काठमाण्डु अवतरण गरेको हो । उपमन्त्रीसहित चार जनाको टोली काठमाण्डु अवतरण गरेको बुझिएको छ ।

उक्त टोली एयर चाइनाको विमानबाट साढे १ बजे काठमणडु अवतरण गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो टोली नेपालस्थित चिनियाँ दूतावास गएको छ ।

पछिल्लो समय नेकपा दुई भागमा विभाजन भएसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर उक्त टोली नेपाल आएको हो । स्रोतकाअनुसार उनीहरुले नेकपाका शीर्ष नेतृत्वलाई राष्ट्रपतिको सन्देश सुनाउनेछन् । चीनले पछिल्लो समय नेकपाभित्रका गतिविधिहरुलाई नजिकबाट नियालिरहेको छ ।

चिनियाँ प्रतिनिधिमण्डलले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाकै अर्को समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement