अस्ट्रेलियाले वार्ताका लागी पहल गरेपनि चीनले बेवास्ता गरेको अस्ट्रेलियाको गुनासो


एजेन्सी – अस्ट्रेलियाले कोरोना भाइरसउत्पतिको स्वतन्त्र अन्तराष्ट्रिय जांचको माग गरेपछि चीन र अस्ट्रेलियाको सम्बन्ध बिग्रेको छ । अस्ट्रेलियाले सम्बन्ध सुधारको लागी प्रयास गरेपनि चीनले त्यसलाई बेवास्ता गरेको जनाएको छ ।

अस्ट्रेलियाका व्यापार मन्त्री सिमन बिर्मिङहमले दुई सातादेखी चीनसंग वार्ताका लागि अनुरोध गरेको भएपनि कुनै सुनुवाई नगरेको गुनासो गरेका छन् ।

चीनले रंगभेदका घटना हुनसक्ने भन्दै शुक्रवार मात्र आफ्ना नागरिकहरूलाई अस्ट्रेलियाको भ्रमण नगर्न सुझाव दिएको छ । यसवाट पनि चीन उसंग असन्तुष्ट बनेको प्रष्टै देखिन्छ । त्यसका साथै उसले अस्ट्रेलियाका चार ठूला विफ उत्पादन कम्पनीबाट हुंदै आएको आयातलाई बन्द गरिदिएको छ भने जौका उत्पादनमा समेत कर बढाइदिएको छ ।

पछिल्लो समय अस्ट्रेलियाले अमेरिकालाई हरेक मुद्दामा सहयोग गर्दै आएको छ । दुवै देशबीच सैनिक साझेदारी समेत मजवूत बन्दै गएको छ । चीनले आफ्नो घरेलु मामिलामा हस्तक्षेप गरेको र प्रशान्त महासागर क्षेत्रमा प्रभाव बढाएकोमा अस्ट्रेलियाले असन्तुष्टि व्यक्त गर्दै आएको छ । यता चीनले भने अस्ट्रेलियाको जांच सम्बन्धी माग अमेरिकाबाट निर्देशित भएको भन्दै अस्ट्रेलिया उसको सुगा बनेको आरोप लगाएको छ ।

चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार देश हो। अस्ट्रेलियाको ३० प्रतिशतभन्दा बढी निर्यात व्यापार चीनसंग हुने गर्छ । दुवै देशबीच सम्बन्ध बिग्रे अस्ट्रेलियामा आर्थीक संकट आउन सक्ने विश्लेषण समेत हुन् थालेका छन् । चीनले अस्ट्रेलियाली उत्पादनलाई बहिष्कार गर्ने चेतावनी समेत दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement