चीनले अनुदानमा दिएका अक्सिजन सिलिन्डर नेपाल भित्रिए


काठमाण्डु – चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिन्डर नेपाल भित्रिएको छ । अनुदानका सिलिन्डर बोकेका चिनियाँ गाडी रसुवागढी नाकाबाट नेपाल भित्रिएका हुन् ।

१ हजार ५ सय वटा अक्सिजन सिलिन्डर बोकेर गत ७ गते बेइजिङबाट हिँडेका चिनियाँ गाडी आज नेपाल भित्रिएका हुन् । चार वटा चिनियाँ गाडीले अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्क ल्याएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।

यस्तै ५ लाख २७ हजार ५ सय थान एन नाइन्टी फाइभ मास्क आयात भएको कार्यालयले जनाएको छ । चीनबाट आएका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement