चीनले बढायो दोक्लाममा सैन्य उपस्थिती,भारतिय सेना प्रमुखको आयो कडा प्रतिक्रिया


नयां दिल्ली – चीन र भारतको सीमा क्षेत्र दोक्लाममा फेरी चीनले ठुलो मात्रामा सुरक्षा फौज तैनाथ गरेको खबर छ । चीनले आफ्नो भूभाग भनेर दाबी गरिरहेको विवादित सीमाक्षेत्र दोक्लामको उत्तरी भुभागमा चीनले आफ्नो उपस्थिती बलियो बनाउदै लगेको छ ।

 

इकोनामिक टाइम्सकाअनुसार विहीबार सार्वजनिक स्याटलाइट तस्वीरमा चिनियाँ सेना हातहतियारसहित दोक्लामको उत्तरी भुभागमा खटिएको देखाएको छ ।

 

चिनिया सेनाले उक्त क्षेत्रमा ७ वटा हेलिप्याड समेत निर्माण गरेको छ । उसले सडक निर्माण कार्यलाई समेत पुन सुचारु गरेको इकोनामिक टाइम्सले दाबी गरेको छ । स्याटलाइट तस्बिरमा हतियारले भरिएका सवारी साधनका साथै सड्क बनाउने सामाग्री समेत देखिएको छ ।

 

भारतका सेनापति विपिन रावतले भारतीय सेना दोक्लाममा तैनाथ रहेको भन्दै चिनियां सेना अघि बढे त्यसको सामना गर्ने प्रतिक्रिया दिएका छन् ।

 

दोक्लाममा गत जून १६ मा सडक बनाउने विषयमा बिवाद हुदा दुबै देशबीच युद्धको अवस्था सिर्जना भएको थियो । चीनले भुटानसंग सिमा जोडिएको क्षेत्रमा सड्क बनाउन लाग्दा भारतिय सेनाले अवरोध गरेको थियो । त्यसै विषयलाई लिएर भारत र चीनबीचको सम्बन्ध समेत बिग्रीएको थियो । उसले भुटान र आफ्नो सिमा जोडिएको क्षेत्रमा भारतले अनावश्यक चासो दिएको आरोप लगाएको थियो ।

 

चीनले दोक्लाममा सेनाका टयांक,सैनिक सवारी,तोप,सर्वेक्षण टावरलगायत आकाशमा मार हान्ने मिसाइलका साथै अन्य कैंयौ सैन्य सामाग्री तैनाथ गरिएपछि भारतले आफ्नो उपस्थिती समेत बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement