चीनको सिचुआनमा भूकम्प : तीन जनाको मृत्यु, ६० घाइते


एजेन्सी – चीनको सिचुआनमा बिहीबार बिहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका छन् ।

घाइतेहरु सवैको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । देशको सिचुवान प्रान्त अन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा भूकम्प आएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् । चिनियाँ भूकम्प प्रशासनले ८९० भन्दा बढी व्यवसायीक उद्धारकर्मीहरु परिचालन गरेको छ भने अन्य स्वयमसेवक तथा स्थानीय बासिन्दाहरु पनि खोजी तथा उद्धार कार्यमा खटिएका छन् ।

त्यसैगरी अन्य चार हजार ६०० उद्धारकर्ताहरु तयारी अवस्थामा रहेको पनि प्रकोप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । प्रारम्भीक विवरणका अनुसार ७३७ घरहरु भत्कीएका छन भने ७२ घरको अधिकांश भाग क्षतिग्रस्त भएको छ । त्यसैगरी सात हजार २९० घरमा सामान्य क्षति भएको छ ।

घर बाहेक अन्य भाैितक संरचनाहरुमा पनि क्षति पुगेको देखिएको छ । खोजी तथा उद्धारसँगै क्षतिको विवरण संकलन गर्ने कार्य पनि भइरहेकाले पूर्ण विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement