चीनबाट ८०० थान अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामाग्री आइपुग्यो


काठमाण्डु – चीन सरकारले सहयोस्वरुप प्रदान गरेको अक्सिजनसहितका स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।

आज तातोपानी नाकामा ८०० अक्सिजन सिलिण्डर, २०० आईसियू बेड, भेन्टिलेटर ४५ थान, १५ हजार एन्टिजेन किट, २० थान अल्ट्रासाउण्डलगायतका स्वास्थ्य सामाग्री तातोपानी नाका आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनले नेपालमा कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement