चीनबाट प्रधानमन्त्री र सभामुख तहको भ्रमण हुंदै


काठमाण्डु – चीनबाट उच्चस्तरको भ्रमणको तयारी सुरु भएको छ । चिनियां राष्ट्रपति सी जिनफिङको भ्रमणले २०१९ मा नेपालको भ्रमण गरेयत्ता उच्चस्तरिय भ्रमण हुन नसकिरहेको बेला चीनबाट यसपटक भने उच्चस्तरिय भ्रमण हुन लागेको हो ।

नेपालबाट परराष्ट्रमन्त्री नारायण खड्का गत महिना चीन भ्रमणमा गएका थिए भने चिनियां विदेशमन्त्री वाङ यीको समेत नेपाल भ्रमण भइसकेको छ । पछिल्लो समय अमेरिकाबाट उच्चस्तरिय भ्रमण बाक्लिएसंगै चिनियां चांसो समेत नेपालमा बढेर गएको छ ।

चिनियां जनकांग्रेसका स्याथी समितिका अध्यक्ष लि चान्सुको नेपाल भ्रमणको तयारी भएको स्रोतको दावी छ । उनि २०१८ मा अध्यक्ष नियुक्त भएका थिए । उनको भ्रमणको तयारीमा दुवै देशका उच्च अधिकारी जुटेका छन् । सभामुख अग्नि सापकोटाको निमन्त्रणामा उनि सेप्टेम्बर पहिलो हप्ता नेपाल आउंन लागेका हुन् ।

उनको भ्रमण लगत्तै चिनियां प्रधानमन्त्री लि कछयाङ अर्को महिना नेपाल भ्रमणमा आउने सम्भावना छ । दुई महिनापछि चिनियां कम्युनिष्ट पार्टीको महाधिवेशन आउंदैछ । त्यसलगत्तै उनि विदा हुने समेत निश्चित भइसकेको छ । आफ्नो बिदाई पहिले उनले छिमेकी मुलुकहरुको भ्रमण गर्ने इच्छा देखाएका हुन् ।

‘महाधिवेशन पहिलेकी महाधिवेशनपछि भन्ने टुंगो लागेको छैन । तर, उहांको भ्रमण हुने कुरा चांही हामिले पनि जानकारी पाएका छौं । त्यसको लागि तयारी समेत भइरहेको छ ।’ स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।

कछयाङ नेपालसहित दक्षिण एसियाली मुलुकहरुको भ्रमणमा निस्कने तयारीमा छन् । यसअघि वेन जियावाओको ८ घण्टा नेपाल भ्रमणजस्तै गरी उनि नेपाल आउंन लागेको स्रोत बताउंछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement