‘चीनले विचारधाराको निर्यात गर्दैन न त कुनै अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नै गर्छ’


-होउ यान्छी

आज सि जिनफिङको विचारधारामाथि नेपाल र चीनका विज्ञ, विद्वान र मित्रहरु एकसाथ विचार विमर्ष गरिरहेको देख्दा निक्कै खुशी छु ।  सि जिनफिङको विचारधाराको विषयवस्तु निक्कै समृद्ध छ, जसले चिनियाँ विशेषताहरुका साथ समाजवादको सामान्य लक्ष्य र समाजवादको आधारभूत मुद्दाहरुलाई समेट्छ । चीनको अभ्यासमा आधारित राष्ट्रिय विकासमा नयाँ युग, नयाँ सिद्धान्त र मार्गदर्शन छ ।  चीनको विकासमा सि जिनफिङको विचारधाराको महत्व र प्रासंगिकताका बारेमा आफूले बुझेको केही कुरा तपाईहरु समक्ष म प्रस्तुत गर्न चाहान्छु । 

पहिलो – सि जिनफिङको विचारधारामा विशिष्ट चिनियाँ विशेषताहरुका साथ नयाँ विचार र प्रतिज्ञा पर्छन्, जसले हाम्रो समयको मागलाई मूर्त रुप दिन्छ ।  यसले चिनियाँ विशेषताहरुका साथ समाजवाद एक नयाँ युगमा प्रवेश गरिसकेको संकेत गर्छ र चिनियाँ विशेषताका साथ कस्तो प्रकारको सामाजवादलाई पालना गर्नुपर्छ र नयाँ युगमा कसरी विकास गर्नुपर्छ र चिनियाँ विशेषताहरुका साथ समाजवादलाई कसरी माथि उठाउने र विकसित गर्ने रु प्रश्नहरुको एक व्यवस्थित उत्तर प्रदान गर्छ ।  चीनको कम्युनिष्ट पार्टीको १९औँ राष्ट्रिय सभाले सि जिनफिङ विचारधारालाई पार्टीको मार्गदर्शनको रुपमा स्थापित गरेको छ । यसलाई पार्टीको विधानमा लेखिएको छ । १३औँ राष्ट्रिय पिपुल्स कंग्रेसको पहिलो सत्रद्वारा अपनाइएको विधानको संशोधनले सि जिनफिङको विचार धारालाई राष्ट्रिय संविधानमा सहभागी गर्यो । 

दोश्रो – सि जिनफिङ विचारधारले राष्ट्रिय कायाकल्पले आफ्नो लक्ष्य पछ्याउनका लागि चीनलाई एक ठोस मार्गदर्शन प्रदान गर्छ । राष्ट्रपति सि जिनफिङले हामी हाम्रो मिसनप्रति सही रहनुपर्ने र यसलाई पूरा गर्नका लागि निरन्तर प्रयास गर्नु पर्नेमा १९औँ सिपिसि राष्ट्रिय सभाको रिपोर्टमा जोड दिनुभएको छ ।  चिनियाँ कम्युनिष्ट पार्टीको वास्तविक मिसन भनेको चिनियाँ राष्ट्रकालागि कायाकल्प र चिनियाँ नागरिकका लागि खुशी खोज्नु हो । ४० वर्ष लामो सुधारको युगको सुरुवातपछि चीनले १।३ अर्बबढी मानिसका लागि खाद्यान्न र कपडाको समस्या समाधान गरेको छ । मानिसको जीवन समान्यतया एक राम्रो स्तरसम्म पुगेको छ, तर विभिन्न क्षेत्रमा मानिसको माग बढ्दो छ ।  चीनको विकास र प्रगतिलाई प्रभावित गर्ने समास्याहरुमा केन्द्रित हुँदै, सि जिनफिङ विचारधाराले चीनको दिगो समृद्धिलाई प्राप्त गर्नका लागि विचारहरु, विधिहरु र परिधिहरुको एक संग्रह अघि सारेको छ । 

तेश्रो – सि जिनफिङको विचारधाराले विश्वव्यापी शासनका लागि एक चिनियाँ योजना र चिनियाँ ज्ञानको प्रस्ताव गर्छ । आजको विश्व अभूतपूर्व परिवर्तन र चुनौतीहरुबाट गुज्रिरहेको छ ।  बहु–ध्रुवीकरण, आर्थिक वैश्विकरण, सामाजिक सूचना र सांस्कृतिक विविधताहरुको ट्रेन्ड विकास भइरहेको छ । वैश्विक शासन प्रणाली र अन्तराष्ट्रिय व्यवास्थामा सुधार द्रुत गतिमा भइरहेको छ र विकासशील देशहरु द्रुत गतिमा उठिरहेका छन् ।  यसबीच, विश्वमा मुख्य परिवर्तन र अनिश्चितताहरु उत्पन्न भएका छन् । व्यापार संरक्षणवाद, पृथकतावाद र पपुलिज्म र अन्य प्रवृत्तिरुमा वृद्धि जारी छ । आतंकवाद, साइबर सुरक्षा र जलवायु परिवर्तन जस्ता गैर–परम्परागत सुरक्षा खतराहरु बढ्दै गएका छन् ।  यस स्थितिमा, चीनले ‘बेल्ट एण्ड रोड परियोजना’ प्रस्ताव गर्छ, सहभागी हुन्छ विश्वभर शासन प्रणालीमा सुधार गर्नमा सहयोग गर्छ र सहयोगको माध्यमबाट साझा विकासको लक्ष्य प्राप्त गर्ने सिद्धान्तको वकालत गर्छ । 

चीन विश्वमा मुख्य मुद्दाहरुका लागि नयाँ दिशाहरु, योजनाहरु र विकल्पहरु प्रस्ततु गर्दै मानव जातिका लागि एक साझा भविष्यका साथ एक समुदायको निर्माणको ओकालत गर्छ । नेपाल चीनको एक नजिक र मिलनसार छिमेकी हो । दुई देशबीचको मित्रताको लामो इतिहास छ । हालका वर्षहरुमा, सि जिनफिङ विचारधाराको मार्गदर्शनमा चीनको विकास एक नयाँ युगमा प्रवेश गरेको छ । नेपालले पनि राजनीतिका स्थिरता कायम गरेको छ र ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यप्रति कडा मिहेनत गरिरहेको छ ।  वर्तमानमा समयमा दुवै देशबीच उच्च स्तरीय संयुक्त भ्रमणहरु बारम्बार भइरहेका छन् ।

कुटनीतिक पारस्परिक विश्वास निरन्तर बढाउदै विभिन्न क्षेत्रमा सहयोग गतिशिल भइरहेको छ । दुवै देश ‘ट्रान्स–हिमालय मल्टी–डायमेनसनल कनेक्टिभिटी नेटर्वक’ बनाउका लागि मिलेर काम गरिरहेका छन् ।  सन् २०१७ सेप्टेम्बरमा, सि चिनफिङको किताब ‘द गभर्नेन्स अफ चाइना’को नेपाली संस्करणको पहिलो खण्डको शुभारम्भ समारोह राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको थियो । यही किताबको दोश्रो संस्करण हाल नेपालीमा अनुवाद गरिँदैछ र चाँडै प्रकाशित हुनेछ ।  चीनको विकासको उपलब्धिहरुको भ्रमण र अध्ययन गर्न, आफ्ना चिनियाँ समकक्षीहरुसँग शासनको अनुभव आदान–प्रदान गर्न र दुवै देशको अनुभवलाई मिलाएर नेपालको विकासमा बढावा दिन नेपाली प्रतिनीधि, विद्वान र मिडियाकर्मी इच्छुक रहेको हामीले देखेका छौँ । 

मैले केही नेपाली मित्रहरु र सञ्चारमाध्यमद्वारा हालै चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच चर्चा भएको सि जिनफिङ विचारधारालाई लिएर केही अट्कलबाजी र चिन्ता गरिएको महशुस गरेको छु । मलाई लाग्दैन यस्तो अड्कलबाजी र चिन्ताको आवश्यक छ ।  पहिलो, चीनले सँधै स्वतन्त्र विदेश नीतिको पालना गर्छ । हामी शासन लगायत विभिन्न क्षेत्रहरुमा नेपालसँग व्यापक आदान–प्रदानलाई प्राथमिकता दिन्छौँ । तर हामी विचारधारको निर्यात गर्दैनौँ वा कुनै अन्य देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ । दोश्रो, जस्तो कि अगाडी थुप्रै वक्ताहरुले भन्नुभयो, सि जिनफिङ विचारधारालाई व्यापक रुपले हेरिएको छ र अन्तर्राष्ट्रिय स्तरमा चर्चा पनि भएको छ । सि जिनफिङ विचारधारका बारेमा गहन चर्चा सबै देशहरुका लागि, विशेषगरी विकोन्मूख देशहरुका लगि नयाँ विकासात्मक विचाहरुको अन्वेषणका लागि सहयोगी छ । 

तेश्रो, चीन र नेपाल मिलनसार छिमेकी हुन् । नेपाल ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यतर्फ कडा रुपले मिहिनेत गरिरहेको छ । चीनले आफ्नो विकासको अनुभव र ऐतिहाँसिक पाठलाई नेपाली मित्रहरुसँग नेपालको मागहरु र आवश्यकताहरु अनुसार बढ्न र आम विकास हाँसिल गर्नका लागि चीन तयार छ ।  हामी आशा गर्छौँ, चीन र नेपालले शासन र विकासको अनुभव आदान–प्रदान, निकट सहकार्यलाई अझ गहिरो, द्धिपक्षीय सम्बन्धहरुको विकासलाई बढाउन र दुवै देशका नागरिकले लाभ लिन सक्ने बनाउनु पर्दछ ।  

जतिपनि विशेषज्ञ र विद्वानहरु यस गोष्ठीमा सहभागी छौँ, सि जिनफिङको विचारधारामा गहन चर्चा गरौं र दुवै देशहरुको आर्थिक र सामाजिक विकासमा आफ्नो योगदान दिन सक्नुहोस् र विभिन्न क्षेत्रहरुमा हाम्रो द्धिपक्षीय सहयोग अघि बढ्नेमा म पूर्ण आशावादी छु ।  केही दिनपछि नेपालीहरुले दशैँ पर्व मनाउँदैहुनुहुन्छ र चीनले पनि आफ्नो स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउँदैछ । म नेपाली मित्रहरुमा एक खुशीको विदाको शुभकामना व्यक्त गर्न चाहान्छु र चीन–नेपालको मित्रता सँधै रहिरहोस् । 

(चिनियाँ अध्ययन केन्द्रद्धारा आयोजित गोष्ठीमा राजदुत यान्छीले व्यक्त गरेको विचार) 

प्रतिक्रिया दिनुहोस
Advertisement