मोदीलाई राष्ट्रपति सीको सन्देशः एकताले मात्र महामारीलाई जित्न सकिन्छ


एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश पठाएका छन् ।

भारतका लागि चिनियाँ राजदूत सन वेडोंगलेले भारतमा भयावह बनिरहेको कोरोना भाइरसको संक्रमणबाट सर्जित भएको अवस्थाबाट राष्ट्रपति सीले चिन्तित रहेको उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्री मोदी र भारतीय जनतालाई कोरोना भाइरसको महामारीविरुद्धको लडाईमा जित हात पार्नेमा आफू विश्वस्त रहेको बताएका छन् । राष्ट्रपति सीले मानवता साझा समुदायको साथ समुदाय भएको भन्दै एकता र सहयोगले मात्र विश्वका देशहरूले महामारीलाई हराउन सक्ने बताएका छन् ।

‘राष्ट्रपति सीले भनेका भन्नुभएको छ– म कोभिड–१९ महामारीको भारतको हालको अवस्थाबाट चिन्तित छु । चिनियाँ जनता र सरकारको तर्फबाट र मेरो व्यक्तिगततर्फबाट भारत सरकार र जनताप्रति गहिरो संवेदना व्यक्त गर्दछु,’ उनले ट्वीटमा लेखेका छन्, ‘मानवता साझा समुदायको साथ एक समुदाय हो । एकता र सहयोगले मात्र विश्वका देशहरूले महामारीलाई जित्न सक्छन् ।’

राष्ट्रपति सीले कोरोना भाइरसको महामारीविरुद्ध लड्न थप सहयोग गर्न चीनले प्रतिबद्धता जनाइसकेकाले थप सहयोग गर्ने बताएका छन् ।

‘चिनियाँ पक्ष महामारीको बिरूद्ध लड्न थप सहयोगका लागि भारतीय पक्षसँग दृढ अडान लिएको छ । म विश्वस्त छु कि  भारतीय जनता पक्कै पनि महामारीलाई जित्नेछ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement