चीनले भन्यो- चिनियाँ भूखण्डलाई भारत शासित क्षेत्रमा राख्ने कार्य अस्वीकार्य


काठमाडौं- भारत शासित जम्मु–कस्मिरले यसअघि पाएको विशेष राज्यको संवैधानिक मान्यता खारेज गर्ने निर्णयमा चीनले मुख खोलेको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ हुआ चुनयिङले दक्षिण पश्चिम चीनको भूभागलाई समेत आफ्नो अधिकार क्षेत्रभित्र पार्ने गरी तयार पारेको लद्दाख युनियन टेरिटोरीप्रति आपत्ति जनाइएकी हुन्।

पत्रकार सम्मेलनको आयोजना गर्दै उनले चीन र भारत सीमा क्षेत्रको पश्चिमी भागको चिनियाँ भूखण्डलाई भारतशासित क्षेत्रको परिधिमा राखेकोमै चीनले उहिल्यैदेखि विरोध गर्दै आइरहेको बताइन्।

उनले भनिन्, ‘कस्मिरबारे हाम्रो अडान दृढ र निरन्तर एउटै छ, त्यो कहिलै पनि परिवर्तन हुँदैन। भारतीय पक्षले चीनको भौगोलिक सार्वभौमिकतालाई लत्याउने गरी एक पक्षीय रुपमा गरेको घरेलु कानुनको परिमार्जन चीनलाई स्वीकार्य छैन।’

प्रतिक्रिया दिनुहोस
Advertisement