लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भिडन्त, सैनिक अधिकृतसहित तीन जना मारिए


लद्दाख – चीन–भारतका सेनाबीच लद्दाखमा भिडन्त हुँदा तीन जना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको बीबीसीले उल्लेख गरेको छ ।

पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको थियो । गलवान क्षेत्र भारत–चीनको लद्दाख सीमा रेखाको क्षेत्र हो । सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको हो ।

लद्दाखमा गत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ । जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो । त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन ।

पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरेपछि भारत र चीनवीच युद्ध हुन सक्ने अनुमान थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement