भारतमाथी दबाव बढाउंदै चीन,सीमा क्षेत्र नजिक चीनको खतरनाक युद्धअभ्यास(फोटोसहित )


एजेन्सी– लद्दाख सीमा क्षेत्रमा भारत र चीनबीच तनाव बढिरहेको वेला चीनको जनमुक्ति सेनाले भारतीय सीमा क्षेत्र नजिक युद्धअभ्यास गरेको छ । चीनको वायु सेनाले सेनासंग मिलेर टैक्टिकल ड्रिल र युद्धको परिस्थिति आए कसरी लड्ने भनेर युद्धअभ्यास गरेको हो ।

लद्दाख सीमामा तनाव जारी रहेको बेला गत शनिवार दुवै देशका लेफ्टिनेण्ट जनरल तहको वार्ता भएको थियो । जसलाई दुवै देशले वार्ता सकरात्मक भएको भन्दै वक्तव्य जारी समेत गरेका थिए । चिनियां संचारमाध्यमहरुले वार्तालगत्तै सैन्य युद्धअभ्यासका तस्विर र भिडियो सार्वजनिक गरेका छन् । जसलाई भारतिय संचारमाध्यमहरुले भने भारतमाथी चीनले दवाव दिन खोजेको रुपमा अथ्र्याएका छन् ।

चीनले अत्याधुनिक टैंकको प्रर्दशन समेत यो क्रममा गरेको छ । ग्लोबल टाइम्सले ४ जुनमा हिउंपात धेरै रहेको तिब्बतको पठारी क्षेत्रमा पीएलए ७६ वी ग्रुपले टाइप ९९ मुख्य बैटल टैंकसहित युद्धअभ्यास गरेको जनाएको छ । टाइम ९९ मुख्य बैटल टयांक चीनको स्थानीय रक्षा उद्योगले डिजाइन र निर्माण गरेको हो । यो निर्माणको काम १९९९ भएको सुरु भएको थियो । यसको पहिलो परीक्षण २००७ मा भएको थियो । २०१५ को सेप्टेम्बरमा वेइजिंगमा भएको सैन्य परेडमा चीनले पहिलो पटक सार्वजनिक गरेको थियो ।

२०१४ मा साघांई कोअपरेशन अर्गनाइजेशनको सैन्य अभ्यासका क्रममा चिनियां सेनाले टाइप ९९ टैंकको प्रयोग गरेको थियो । यो तेस्रो पुस्ताको मुख्य युद्ध टैंक हुनुका साथै चिनियां सेनासंग भएको सबैभन्दा आधुनिक टैंक हो । यो टैंक न्यूक्लियर,बायोलाजिकल र केमिकल हमलाबाट वच्न समेत सक्षम छ। यसले ४ मीटरभन्दा गहिरो नाला पनि सजिलै पार गर्न सक्छ ।

यो भन्दा पहिलो ७ जुनमा ग्लोबल टाइम्सले एउटा भिडियो सार्वजनिक गर्दैै पिएलएले मध्य चीनको हुबेई प्रान्तमा युद्धअभ्यास गरेकोबारे जानकारी दिएको थियो । यसमा पठारी उत्तर पश्चिम क्षेत्रमा हजारौ प्याराट्रुप्स र बख्तरवन्द गाडीका साथ ठुलो मात्रामा युद्धअभ्यासको आयोजना गरेको देखाइएको थियो । भारतसंग सीमा जोडिएको क्ष्ँेत्रमा भारी हतियार र सैन्य सामाग्री पठाउने तयारी गरिएको समाचार समेत यस क्रममा प्रकाशित भएको थियो । भारतसंग तनाव बढेसंगै चीनले आवश्यकता परे सीमा सुरक्षा मजवुत गर्नको लागी चीनको क्षमता कतिसम्म छ भन्ने समेत देखाएको थियो । सीमा क्षेत्र नजिकै अज्ञात स्थानमा वायु सेनाको एयरबोर्न बिग्रेडले हजारौं प्याराट्रुप्स निजि जहाज, लजेष्टिक ट्रान्सपोर्टेसन च्यानल र रेलवाट छिटोभन्दा छिटो तैनाथ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement