इन्टरनेटमा भारतको निर्भरता सक्कियो, असोजभित्रै चीनको इन्टरनेट प्रयोग गर्न पाईने


काठमाडौं– हिमपात र पहिरोका कारण अनिश्चित बनेको चीनबाट इन्टरनेट व्यान्डविथ ल्याउने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । नेपाल र चीन दुवैतर्फ अप्टिकल जडान सम्पन्न भएर परीक्षणका क्रममा रहेको र यो सेवा असोज महिनाभित्रै सञ्चालनमा ल्याइसक्ने नेपाल टेलिकमले जनाएको छ ।

 

 

शुक्रबार आफनो कार्यकाल पूरा भएको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गर्ने क्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले रसुवागढी नाकाबाट सेवा सञ्चालनको तयारी भइरहेको जानकारी दिइन् ।

 

 

नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसंग गत वर्षको पुसमा इन्टरनेट व्यान्डविथ ल्याउन व्यवसायिक सम्झौता गरेको थियो । सम्झौताअघि नै व्यान्डविथ ल्याउने प्रक्रिया अघि बढिसकेको थियो यद्यपि, चीनको तिब्बत क्षेत्रमा हिमपात र पहिरोले अप्टिकल जडानमा समस्या भएपछि प्रक्रियामा अवरोध पुगेको थियो ।

 

 

‘अहिले चीनको व्यान्डविथको टेस्टिङ कार्य भइरहेको छ’, राजभण्डारीले भनिन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस
Advertisement