ब्रसेल्समा चिनियाँ जासुुस सक्रिय रहेको भन्ने खबर आधारहीन- चीन


बेल्जियम- बेल्जियमका लागि चिनियाँ राजदूताबासले स्थानीय सञ्चारमाध्यमद्वारा ब्रसेल्समा चिनियाँ जासुुस सक्रिय रहेको भनी आएका पछिल्ला खबरहरू आधारहीन रहेको यसको आइतबार खण्डन गरेको छ ।

केही सञ्चारमाध्यमले ‘ब्रसेल्समा २५० चिनियाँ जासुस सक्रिय रहेको’ भनी दिएका खबर भ्रामक तथा कपोलकल्पित भएको ब्रसेल्सस्थित चिनियाँ राजदूताबासका प्रवक्ताले बताउनुभयो ।

दूतावासले भनेको छ, “जासुसबारेका रिपोर्ट विल्कुल कपोलकल्पित तथा आधारहीन छन् ।”

चीन र बेल्जियमबीच निरन्तररूपमा सम्बन्ध विकसित बन्दै गएको र सबै क्षेत्रको सहकार्य फलदायी रहेको चीनले बताएको छ । चिनियाँ दूताबासले आइतबार जारी विज्ञप्तिमा आगामी दिनमा बेल्जियम लगायत यस क्षेत्रका सबै मुलुकसँगको सम्बन्धलाई आपसी सद्धभाव तथा लाभका लागि थप प्रगाढ बनाएर लान चीन प्रतिवद्ध छ भनिएको छ ।

केही गैरजिम्मेवार अभिव्यक्ति जसले चीन र बेल्जियमबीचको सम्बन्धमा विवाद सिर्जना गर्न खोजिएको छ यसमा कोही सफल नहुने उहाँको भनाई छ । (रासस)

प्रतिक्रिया दिनुहोस
Advertisement