नेपालसँगको सम्बन्धमा नयाँ प्रगति चाहन्छौं : चीन


काठमाण्डु – चीनले नेपालसँगको सम्बन्धमा नयाँ प्रगति चाहेको बताएको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाउँदै नेपालसँगको सम्बन्धमा नयाँ प्रगति चाहेको बताएका हुन् ।

वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपालका नयाँ समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताएको काठमाण्डुस्थित चिनियाँ दूतावासले जनाएको छ ।

यसअघि भारतीय विदेशमन्त्री एसजयशंकरले पनिमन्त्री खड्कालाई बधाई सन्देश पठाएका थिए । एसजयशंकर र खड्का बीचमा अमेरिकाको न्यूयोर्कमा भेटघाटसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement