चीनले नेपाललाई थप १० लाख खोप दिने


काठमाण्डु – चीनले थप १० लाख कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

सोमबार परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ राजदूत होउ यान्छीबीच भएको भेटवार्तामा चीनले थप १० लाख डोज खोप उपलब्ध गराउने बताएकी हुन् । चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको भेरोसेल खोप केहि दिनमै नेपाल ल्याइने स्रोतले बतायो ।

परराष्ट्र मन्त्रालयले उनीहरुको भेटमा द्धिपक्षीय भेट र कोरोना भाइरसविरुद्धको खोपको सम्बन्धमा पनि सहकार्य गर्ने विषयमा छलफल भएको जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement