चीनले दिएको २० लाख सिरिन्ज नेपाल आइपुग्यो


काठमाण्डु -चिनियां दूताबासले नेपाललाई २० लाख सिरिन्ज हस्तान्तरण गरेको छ । काठमाण्डुस्थित चिनियां दूताबासले उक्त सिरिन्ज नेपाल सरकारलाई शनिवार हस्तान्तरण गरिएको जनाएको छ ।

चीन सरकारले दिने भनेको २० लाख सिरिन्ज शनिवार बिहान नेपाल आइपुगेको हो । चीनले यसअघि १८ लाख डोज खोप अनुदान सहयोग गरेको थियो । नेपाल सरकारले चीनबाट ४० लाख खोप खरिद गरेको थियो ।

कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको चिनियां दूताबासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement