चिनियां विदेशमन्त्रीबाट खुल्दै उच्चस्तरीय भ्रमणको ढोका


काठमाडौं — नेपाल कम्युनिस्ट पार्टीकाअध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दुई तिहाईको सरकार बन्यो, ३ फागुन ०७४ मा । त्यसको २ महिनापछि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा हिंडे ।

तीनवटै तहको निर्वाचनपछि गठन भएको सरकारको मन्त्रीस्तरीय चीन भ्रमणको सुरुवातउनै परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए । भ्रमणको मुख्य उद्देश्य थियो, २ देशबीच उच्चस्तरीय भ्रमणको वातावरण बनाउने र पारवहन, यातायात, सडक पूर्वाधार तथाऊर्जा विकासबारे चीन सँग विगतमा भएका सहमतिको कार्यान्वयनलाई अगाडि बढाउने ।

र, ०७५ असार पहिलो साता प्रम ओलीको चीन भ्रमण भयो । त्यतिखेर प्रधानमन्त्री ओलीको भ्रमणको सबैभन्दा ठूलो उपलब्धि केरुङ–काठमाडौं रेल्वेसम्बन्धी परियोजनामा सहमति थियो । त्यो बाहेकका समझदारी पनि भएकोमा प्रम ओली र चिनियां राष्ट्रपति सि जिनपिङ बीच भेटवार्ता भएको थियो। राजनीतिक र कूटनीतिक रुपमापनि यो भ्रमणले दुई देशबीच केही मात्रामा आपसी विश्वास र सदभाव थप्यो ।

त्यसयता परराष्ट्रमन्त्री ज्ञवाली दोस्रो पटक चीन भ्रमणमा पुगे, १६ असारमा । मन्त्री ज्ञवालीले १८ असारमा चिनियां समकक्षी वाङ यीसंग भेटवार्ता गरे, ग्रेट हलअफ द पिपुलमा । भेटवार्ताका क्रममा उनीहरू बीच दुई पक्षीय सम्बन्धलाई थपमजबुत बनाउने र आपसी सहयोग बढाउने बारेमा छलफुल भएको दूतावासले जनाएको थियो ।

सोहीअवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना समकक्षीलाई चीन भ्रमणको निम्तो दिंदाउनले ग्रहण गरेका थिए । दुताबास सुत्रका अनुसार चिनियां परराष्ट्रमन्त्री वाङ साउंन दोस्रो हप्ता नेपाल भ्रमणमा आउने तयारीमा छन् । वाङको भ्रमण चिनियां राष्ट्रपतिको नेपाल भ्रमणको तयारीको लागी हुन लागेको बुझिएको छ । उनले नेपाल भ्रमणका क्रममाराष्ट्रपति सीको भ्रमणबारे प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अन्यउच्च सरकारी अधिकारीसंग छलफल गर्ने स्रोतको दाबी छ ।

चिनियां राष्ट्रपति सी करिव ८ घण्टाका लागी नेपाल आउने कार्यक्रम छ । उनी नेपाल हुंदै भारतको भ्रमणमा जाने गरी तयारी भइरहेको बुझिएको छ ।

वाङको नेपाल भ्रमणपछि औपचारीकता दिने गरी तयारी भइरहेको स्रोतको दावी छ । ‘विदेश मन्त्री वाङको भ्रमणपछि औपचारीक रुपमा त्यसको घोषणा हुन्छ, राजनीतिक परिस्थिती तलमाथी भएन भने उच्चस्तरबाटै नेपाल भ्रमण हुने निश्चित भइसकेको छ ।’ राष्ट्रपति भ्रमणको तयारीमा जुटेका एक अधिकारीले काठमाडौंपाटीसंग भने ।

परराष्ट्रमन्त्रीको पछिल्लो भ्रमण अघि राष्ट्रपतिविद्यादेवी भण्डारीले चीनको राजकीय भ्रमण गरिसकेकी छिन् , ११ वैशाखमा । ग्रेट हलमा राष्ट्रपति भण्डारीलाई चिनियां समकक्षी सि जिङपिङले स्वागत गरेका थिए, भने राष्ट्रपति स्तरमाभएको वार्तामादुई देशबीच विभिन्न सात वटा सहमति तथा सम्झौता पत्रमाहस्ताक्षर भएको थियो ।

यसअघि प्रथम राष्ट्रपति रामबरण यादवले चीनको भ्रमण गरेपनि उनले राजकीय सम्मान पाएका थिएनन् । भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमाभागलिन बेइजिङ पुगेकी थिइन् । शिखर सम्मेलनले ३८ बुँदे घोषणापत्र जारी गरेकोमा उपशीर्षकको २३औं नम्बरमा नेपाल–चीन सीमापार रेलवेका साथै नेपाल–चीनहिमालपार बहुआयामिक सम्पर्क सञ्जाल स्थापनागर्ने विषयउल्लेख छ ।

यसैबीच चिनियां राष्ट्रपति सिसंगको भेटमा राष्ट्रपति भण्डारीले चिनियां राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तोसमेत दिएकी छन् ।

जवाफमा चिनियां राष्ट्रपति सीले भ्रमणको निम्तो दिएकोमा धन्यवाद व्यक्तगर्दै नेपाल जस्तो सुन्दर देशको भ्रमण गर्नु ठूलो महत्त्वको विषयभएको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले समकक्षीसीलाई नेपाल भ्रमणको निम्तो दिंदाउपयुक्त समयमा नेपालको भ्रमण गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । सीले नेपाल सरकारले अगाडि सारेको ‘सम्वृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई मूर्त रुप दिनका लागि चिनियां सहयोग रहने प्रतिवद्धता व्यक्त गरेकाथिए । नेपालले भ्रमण वर्ष २०२० मनाउनलागेको छ ।

सरकार निर्वाचन पछिको परिवर्तित राजनीतिक अवस्था, विदेश नीति, सरकारका प्राथमिकता र विगतका सहमतिलाई अगाडि बढाउन लागिरहेको छ। फलस्वरुपः नेपालीप्रतिनिधिहरूले चीनको भ्रमणलाई तीव्रता दिएका छन् भने चिनिया पक्षबाट पनि भ्रमण बढिरहेको छ । चिनिया विदेश मन्त्री वाङले यसअघि सन् २०१४ मा नेपाल भ्रमण गरेका थिए ।

नेपालमा स्थायी सरकार गठन भएयता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि चीन भ्रमण गरिसकेका छन् । उनले चीन, सेप्टेम्बर २०१८ मा चिनियां कम्युनिस्ट पार्टीकाे निमन्त्रणामा चार दिने चीन भ्रमण गरेका थिए ।

तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेका थिए । सन् २००८ मा बेइजिङ ओलिम्पिक्सको समापन समारोहमा भाग लिन उनी चीन पुगेका थिए । उनले तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग भेटवार्ता गरेकाथिए । सन् २०१७ मा प्रधानमन्त्रीकै हैसियतमा चीनले आयोजना गरेको बोआओ सम्मेलनमा भाग लिन प्रचण्ड हाइनान प्रान्त पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement