बन्दरगाह पुनः सञ्चालनको तयारीमा छौंः चीन


काठमाण्डु – चीनले बन्द रहेका बन्दरगाह पुनः सञ्चालन गर्ने बताएको छ । नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोंगले बुधबार साँझ एक विज्ञप्ती जारी गर्दै चिनियाँ पक्षले नेपाललाई ढुवानीमा सहज बनाउन पहल गरिरहेको जानकारी दिए ।

‘चीन र नेपालले चाँडोको बन्दरगाहको सञ्चालन पुनः सुरु गर्नका लागि पहलमा काम गरिरहेको छ र नेपालले तत्काल आवश्यक पर्ने केही आपूर्तिलाई भन्सार स्वीकृतिको व्यवस्था गरेको छ’, उनले भनेका छन् ।

दूतावासले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मेडिकल सामग्री र दैनिक उपभोग्य सामानहरु ल्याउन सहज बनाउनका लागि चीनले एकतर्फी बन्दरगाह खुला गरेको बताएको छ ।

चीनले झ्याङमू र जिलङ पोर्टबाट नियमितरुपमा सामान नेपाल ढुवानी हुन नसकेको र मनसुन र कोरोना भाइरसको महामारीका कारण बन्द रहेका बन्दरगाहहरु सञ्चालनमा नभएकोले चाँडै त्यसतर्फ ध्यान दिने बताएको । वर्षा र कोरोना महामारीका कारण ती ठाउँबाट सामान आपूर्तिमा समस्या भएको दूतावासले जनाएको छ ।

‘मनसुन र कोरोना भाइरसको महामारीको महामारीका कारणले बन्दरगाहका सामानहरूमा समय समयमा अवरोध गरिएको छ र पूर्ण रूपमा पुनर्स्थापना भएको छैन । चिनियाँ पक्षले सामान ढुवानीको क्षमता सुधार गर्नेमा नेपालको चासोलाई उच्च महत्त्व दिन्छ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement