दोलखालाई चीनको ११ सय थान पिपिइसहित स्वास्थ्य सामग्री सहयोग


काठमाडौं – चीनले दोलखा जिल्लालाई ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

दोलखा निवासी बागमती प्रदेश सांसद बिशाल खड्का, बिगु गाउँपालिकाका उपाध्यक्ष संजीव ओली र चीनसँग सीमा जोडिएको लामाबगर क्षेत्रका वडाध्यक्षको पहलमा उक्त स्वास्थ्य सामग्री दिएको हो ।

प्रदेश सांसद खडकाका अनुसार डिस्पोजेवल मेडिकल मास्क एक लाख २० हजार थान, क्विक टेस्ट किट एक हजार दुई सय थान, एन ९५ मास्क एक हजार दुई सय थान, पिपिई ९पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट० एक हजार एक सय थान र थर्मोमिटर एक सय १० थानलगायत स्वास्थ्य सामग्री चीनले अनुदान दिएको छ ।

त्यसैगरी चामल, तेल, चिनी, पाउडर, चियालगायत खाद्यान्न पनि चीनले उपहार दिएको छ । खाद्यान्नको माग नगरेको भएपनि चिनियाहरु आफैंले उपहार दिएका सांसद खडकाले बताए ।

‘चीनले झण्डै १२ कन्टेनर सामान उपहार दिएको छ’, सांसद खड्काले भने, ‘बिगु गाउँपालिकाका नाममा दिएको भए पनि दोलखा जिल्ला अस्पतालमा राखेर प्रमुख जिल्ला अधिकारी ९सिडिओ० को संयोजकत्वमा रहने जिल्ला दैवी प्रकोप उद्दार कोष मार्फत आवश्यकताका आधारमा जिल्लाभर बाँडफाँड गरिने छ ।’

चीनले अनुदान दिएको स्वास्थ्य सामग्री मितेर पुल र तातोपानी भन्सार कार्यालय पुगेर आजै उपाध्यक्ष संजीव ओलीले बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement