नेपाल-भारत सीमा लिपुलेकमा क्षेप्यास्त्र तैनाथ गर्ने चीनको तयारी


एजेन्सी – चीनले भारत र नेपालसँगको सीमा लिपुलेक क्षेत्रमा क्षेप्यास्त्र राख्न लागेको खुलासा भएको छ ।

ट्वीटरमार्फत ओपन सोर्स इन्टेलिजेन्स डेट्रेस्फाले तस्बीर सार्वजनिक गर्दै चीनले नेपाल र भारतसँगको सीमामा क्षेप्यास्त्र तैनाथ गर्न लागेको उल्लेख गरेको छ ।

लिपुलेकमा जमीनबाट आकाशमा मार हान्न सक्ने उक्त क्षेप्यास्त्रका साथै चीनले सेना पनि परिचालन गरेको डेट्रेस्फाले जनाएको छ ।  डेट्रेस्फाले प्रारम्भिक अनुसन्धानबाट उक्त क्षेत्रमा समर्थन गरिरहेका थप पूर्वाधार पनि निर्माण गरिरहेको जनाएको छ ।

यसअघि भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको थियो ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको उद्घाटन गरेका थिए । त्यसपछि नेपालले भारतले अतिक्रमण गरेको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमीलाई समेटेर नयाा नक्सा सार्वजनिक गरेको छ ।

भारतले बिआरओ (बोर्डर रोड अर्गनाइजेशन) ले धार्चुलादेखि लिपुलेक चीन सीमासम्म कैलाश मानसरोवर यात्रा मार्गको रूपमा चिनिने सडक जोडेको छ ।

भारत–चीनबीच व्यापारका लागि यो सडक मार्ग महत्वपूर्ण रहेको बताइएको छ । नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गरेको हो । कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो ।

चीनको सीमा क्षेत्रसम्म निर्माण गरिएको यो सडक व्यापारिक दृष्टिकोणले समेत प्रभावकारी भएको बताइएको छ । नेपालले भारतले अतिक्रमण गरेको उक्त भूभाग गर्नुपर्ने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement