नेपालको भूमि अतिक्रमण गरेको छैन्ः चिनियाँ विदेश मन्त्रालय


काठमाण्डु – चीनले नेपालको भूमी अतिक्रमण नगरेको दाबी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले हुम्लामा चीनले भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको बताएका छन् ।

सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले नेपालको भूमि चीनले नमिचेको बताएका हुन् ।

चीनले सन् १९५० मा तिब्बतमाथि नियन्त्रण राखेको थियो । जसमा यसलाई ‘शान्तिकारी मुक्ति’ भनेर वर्णन गरिएको छ । नेपाल र भारतीय सञ्चारमाध्यमहरुमा चीनले हुम्लामा नेपालको भूमि अतिक्रमण गरेको विषय सार्वजनिक भएका थिए ।

नेपाल सरकार र नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीनबीच सीमा विवाद नरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement