चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन् : चिनियां विदेश मन्त्रालयका प्रवक्ता झाओ


काठमाण्डु – चिनियां विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले नेपालका सबै राजनीतिक दलहरुसंग चीनको मित्रवत सम्बन्ध रहेको बताएका छन् । चिनियां राष्ट्रपति सी जिनपिङको सन्देश बोकेर चिनियां कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपविदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौंमा नेकपाका नेताहरुसंग भेटवार्ता व्यस्त छ ।

चिनियां प्रतिनिधीमण्डलले नेकपाका नेताहरुसंग भेटवार्ता गरेर पार्टी एकतालाई कायम गर्न सुझाव दिइरहेको बेला चिनियां विदेशमन्त्रालयका प्रवक्ताले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ । उनले चिनियां उपविदेशमन्त्रीको नेपाल भ्रमण आपसी राजनीतिक विश्‍वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउनका लागि केन्द्रित रहेको बताए ।

सोमवार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता झाओले चिनियां प्रतिनिधीमण्डल ‘कोभिड-१९ को रोकथाम तथा नियन्त्रण, सुशासन, विकास र आपसी साझा चासोका विषयमा छलफल गर्न काठमाडौं पुगेको दावी गरे ।

आइतबार नेपाल भ्रमणमा आएको चिनियां कम्युनिष्ट पार्टीको टोलीले राष्ट्रपति, प्रधानमन्त्री,सभामुख, विभाजित नेकपाका अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसंग भेटवार्ता गरेर एकताकालाई कायम राख्न सुझाव दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement