राजदूत पाण्डेसँग चिनियाँ विदेशमन्त्रीले भनेः नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनाैं


काठमाण्डु – चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले नेपाललाई आफ्नो अनुभव बाँड्न चाहेको बताएका छन् ।

बेइजिङस्थित नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेसँगको बिदाई भेटमा विदेशमन्त्री वाङ्ले चीनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भन्दै चीन नेपाललाई आफ्नो अनुभव बाँड्न तयार रहेको बताएका हुन् । साथै उनले चीनले आफ्नो विकासको मोडल निर्यात गर्न नचाहेकाेसमेत बताएका छन् ।

‘हामी अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अथवा आफ्नो विकासको मोडल निर्यात गर्न चाहँदैनौँ । बरु, चीन आफ्नो अनुभव नेपाल लगायत अन्य मुलुकसँग बाँड्दै ती मुलुकसँग अन्तरक्रिया बढाउन चाहन्छ’ उनले भने ।

वाङले नेपाल र चीनबीचको मित्रतामा पाण्डेको सकारात्मक भूमिका रहेकोमा प्रशंशा गरेका थिए । दुई देशबीच लामो समयदेखि एकअर्कासँग नजिक रहने परम्परा रहेको उल्लेख गर्दै उनले द्विपक्षीय सम्बन्धमा नयाँ प्रगति हासिल गर्न र क्षेत्रीय शान्ति, स्थिरता र समृद्धि कायम गर्न मिलेर काम गर्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement